Tourist Family Movie Review
सम्बन्धमा व्यवहार जरुरी छ र तपाईको सहि व्यवहारले सम्बन्धलाई मजवुत र दिगो बनाउछ भन्ने सन्देश यो फिल्मले दिएको छ । धेरै समय पछि यो फिल्मले फेरी केही नयाँपन दिएको छ । कथा र व्यक्ति सबै साधारण छन् तर प्रस्तुति यथार्थपरक छ ।
सम्बन्ध राम्रो र लामो बनाउनको लागि सत्यता र एक आपसको समझदारी जरुरी हुन्छ भन्ने कुरा यो फिल्मले दर्शाएको छ । यो जिबनको हरेक मोडमा हरेक कुरा नयाँ हुन्छ, के गर्ने, कसरी बढ्ने भन्ने कुरा सिक्न समय लाग्ने हुन्छ र त्यो समयमा आईपरेका समस्या या कुनै कुरा नै त्यो समयमा सबैभन्दा ठुलो हुन्छ तर त्यसलाई हेर्ने नजर परिवर्तन गर्दा भने पुरा जिवनले नै नयाँ मोड लिन सकिन्छ भन्ने कुरा पनि सिकाएको छ । एउटा सिनमा मुख्य पात्रको जेठो छोराको लभ स्टोरी र उसको केटीले अर्कै केटासँग विवाह गरेको कुराले वादविवाद सुरू हुन्छ । र त्यो वादविवाद पछि दुबै जनाले एक अर्कालाई सरी भनेर सिन सक्काउछ तर भोलिपल्ट त्यहि केटीको विवाहको भिडियो हेर्ने सिनमा भएको परिदृश्य र केटाले फेरी परिवर्तन गरेको सोचलाई देखाउने तरिका र सँगै बसेको घर मालिकको छोरीले त्यो परिवारमा देखेको खुशिले मुहारमा आएको हाँसोले मलाई त केहि हदसम्म मन छोयो ।
झन् अन्त्यमा प्रहरीहरुको सोधपुछ र त्यसक्रममा फिल्मको अन्त्य मन झन् छुन्छ । र अर्को कुरा, कसैलाई बिना स्वार्थ सहयोग गर्दा पनि मानिसको सोच्ने तरिका र जिवन परिवर्तन हुन्छ भनेर पनि यो फिल्मले देखाएको छ । फिल्ममा एउटा एक्लै बस्ने केटा हुन्छ, हो उसको जिवन परिवर्तनको कथा पनि सहि लाग्यो मलाइ त ।