गन्तव्य २ ... Jamacho Gumba located on Nagarjun Hill

गन्तव्य २ ... Jamacho Gumba located on Nagarjun Hill

अर्को एउटा सफर, जसले फेरी केहि राहत महशुस गरायो । सुरुवाति बिन्दुबाट सोचिएको समयानुसार नै हिड्न सुरु गरियो र जम्मा ४ की.मी. को गन्तव्यमा पनि सहि समयमा नै पुगियो । समय ०९:३० बिहानको, आवश्यक फर्म भर्ने नयाँ तरिका सहितको टिकट काटेर आवश्यक चेकजाँच गरी सफर सुरू गरियो ।

नयाँ नियम है, फर्म भर्ने बेलामा लेखिएको पानिको बोतल र अरु सामान जुन-जुन फर्ममा उल्लेखित छ्न्, त्यो फर्कने बेलामा पनि ल्याउनुपर्छ सँगै आफुले नत्र गाह्रो हुन्छ घर फर्केर निक्लने बेलामा । जस्तै पानि बोतल ३ भनेर फर्ममा लेखेको छ भने फर्कने बेला तपाईसँग ३ ओटा खालि बोतल हुनुपर्छ है पानिको । 

 

बिस्तारै हिड्ने क्रम बढ्यो, म पहिले यस बाटोको बारेमा जानकार थिए किनभने मैले पहिले गईसकेको व्यक्तिहरुसँग सोधिसकेको थिए । हिड्ने क्रममा अलि गाह्रो त भईहाल्छ जुन मलाई पनि भयो तर मेरो बानी, बिस्तारै हिड्ने र गन्तव्यमा नपुगि बिश्राम पनि नगर्ने .........................

 

यो अहिलेको जमानाको नयाँ पिढीको राम्रो कुरा भनेको हिड्ने र रमाईलो गर्ने कुरामा सधै अगाडी । सायद आज शनिबार भएर पनि होला सोचे भन्दा धेरै मान्छे थियो हिड्ने बाटोमा । बाटोभरी नयाँ पिढीको गफ, व्यवहार अनि नयाँ नयाँ कुरा सुन्दा अचम्म लाग्ने । खोई कसरी यत्रो कुरा आएको होला, सायद जंक फूड चाडो र हतारमा खाए जस्तो कुराहरु पनि हतारमा फुत्त निक्लिहाल्ने । कहिले अर्थका त कहिले बेअर्थका, सोचे उमेरमा सबै यस्तै हुन्छन् । 

थाकेका सबै पाईलाहरुलाई बिस्तारै बिश्राम गर्दै, बाटोका हरियालि हेर्दै गन्तव्यमा पुगियो सोचे भन्दा रमाईलो भयो । अवश्य पनि गन्तव्यमा पुगेपछि रमाईलो त हुन्छ त्यो डाडाँमा बसेर सबै हरियालीहरु हेर्दा । हामि यो काठमाण्डौमा कोचिएर, दुषित हावापानि खाने बानि परेको मान्छेहरुलाई पक्कै पनि त्यो डाडाँमा केहि राहत महशुस चाहि हुन्छ है । तपाई पनि आफुलाई प्रकृतिका अनुपम देनहरुसँगै केहि पल बिताउनु चाहनु हुन्छ भने यो जान लाग्ने समय लगभग २ देखि साढे २ घण्टा र फर्कदा पनि उस्तै समय लाग्ने यो सानो हिडाईलाई आफ्नो शारिरीक र मानसिक अवस्थालाई चुस्त बनाउने एउटा माध्यम बनाउनुहोस् । 

अन्तमा, थोरै भए पनि रमाईलो हाईकको लागि यो गन्तव्य अहिलेको लागि एकदमै प्रसिद्ध भएको छ तपाई पनि जानुस् ल । बाटोमा एकान्तपन सहितको अवस्था चाहनुहुन्छ भने, बिदाको दिन भन्दा अन्य दिन उत्तम होला नत्र बिदाको दिन धेरै व्यक्ति सहितको यात्रा मनपर्छ भने पनि जानुहोला तर कृपया जादाखेरी र आउदा आफुले गरेका फोहोरको सहि व्यवस्थापन गर्नुहोला