सपनाको महत्व (Importance of Dreams)
हुन त सपना धेरै, थोरै, सानो, ठुलो हुनसक्छ तर हरेकको चाहना त्यो पुरा नै होस् भन्ने हुन्छ जस्तो लाग्छ । तर त्यही सपनाहरु पुरा हुदा चाहि यो मन साह्रो नै खुशि हुने रहेछ । चाहे त्यो खुशि होस् या दुःखको क्षण संसारमा हरेक कुरा चाहि अस्थायि नै हुने रहेछ । भन्नुको मतलव, हरेक कुरा पुरा हुदै जादाँ त्यसको महत्व र विशेषता पनि विस्तारै घट्दै जानुको साथै नयाँ सपनाहरु बुन्ने र देख्ने गरिदो रहेछ । हुन पनि हो, जिवन भनेको नै सपना देख्नु र त्यसको प्राप्तिको लागि आफुले गर्नुपर्ने मिहेनत, परिश्रम र सहि समयको प्रतिक्षा नै हो जस्तो लाग्छ ।
सपनाको लागि कहिले मिहेनत खर्च गर्नुपर्दछ त कहिले लगानि गर्नु पर्ने हुन्छ । हुन त मैले पनि जिवनमा मिहेनत गर्ने प्राय जसो मानिसहरुले सफलता नै प्राप्त गरेको देखेको छु तर कतिपय अवस्थामा चाहि मिहिनेत गर्दा गर्दै पनि कयौ व्यक्तिहरुले आफ्नो सपनाहरु पुरा नहुदाको दुःखको क्षणहरुमा जिवनप्रतिको हेर्ने दृष्टिकोणलाई अलि फरक तरिकाले हेर्ने गरेको देखिन्छ । हुन त भनिन्छ, पर बसेर हेर्ने मान्छेलाई भन्दा जसलाई परेको छ त्यो व्यक्तिको समस्या र पिडा उसैलाई नै थाहा हुन्छ । म यसमा सहमत पनि छु तर जोड्नुपर्ने कुरा चाहि के छ भने, हरेक सफलता र असफलताको पछाडी पक्कै पनि कुनै कारण चाहि हुन्छ है । हुन त यो मन हो, आफ्नो असफलतामा कहिले पनि यो सहि कारणलाई भएको हो भनेर मन बुझाउन धेरै नै गाह्रो हुन्छ तर जुन दिन यो कुरालाई बुझिन्छ नि.....पक्कै पनि तपाईको अर्को सपना पुरा गर्ने तरिका र असफल हुने कुरामा चाहि कमि आउछ है । साथै, असफल भई हालेछ भने पनि मनमा अशान्ति चाहि हुन्न जस्तो लाग्छ है ।
अव कुरा गरौ, किन कहिलेकाहि कुनै सपनाहरु फेल खान्छन् र पुरा हुदैन । यदि देखिएका धेरै सपनाहरु पुरा भएका छैनन् र धेरै फेल खाएका छन् भने बुझ्नु कि त्यो सपना तपाईको बसको भन्दा बाहिरको कुरा हो, या त देखिएको सपना अनुसारको मिहनेत, लगानीको कमी, या त तपाईले सपना प्राप्तिको लागि चालेका कदम र सहि बाटो देखाउने मान्छेहरुको सँगत नभएको पनि हुन सक्छ । भन्नुको मतलव हरेक व्यक्तिलाई यो चाहि थाहा हुन्छ कि मैले कस्तो र कुन लेभल सम्मको सपना देख्ने भनेर । सपना त्यही देख्नुपर्छ जुन तपाईको दिमाग र मनले भनिरहेको हुन्छ न कि अरुले भनेको, बुझाएको । त्यसैले आफुले त्यस्तो सपनामात्र देख्नुपर्छ जुन पुरा गर्ने क्षमता, सिप आफुमा भएको हुनुपर्छ । भन्नुको मतलव तपाईमा पुरा ८०, ९० प्रतिशत क्षमता भन्न खोजेको हैन तर सपना देख्नुभन्दा अगाडि नै, पुरा गर्छु भन्ने अठोट चाहि १०० प्रतिशत हुनुपर्दछ, जसले तपाईमा भएको ४० प्रतिशत क्षमतालाई तपाईको अठोट र विश्वासको कारणले क्षमतालाई ८०, ९० प्रतिशतमा पुर्याउनमा सहयोग गर्दछ ।
तर कहिलेकाही सबै कुरा मिहेनत, परिश्रम अठोट हुदा हुदै पनि सपनाहरु पुरा हुदैनन् । जुन मैले पनि मेरो जिवनमा महशुस गरेको छु । जसले जिवनमा नकारात्मक असर पुर्याउदछ, जसको कारणले यो मनलाई र दिमागलाई बुझाउन धेरै गाह्रो हुन्छ । तर यसको मैले बुझेको समाधान भनेको चाहि, सहि समय नआएर त्यो सपना पुरा नभएको र सही समयमा पुरा हुनको लागि भएको हो कि जस्तो लाग्छ है । कहिलेकाहि सबै कुरा हुदा हुदै पनि सहि समयको प्रतिक्षा गर्दा हुने परिणाम चाहि दोव्वर हुने रहेछ । अव सहि समय भनेको चाहि कहिले हो भन्नु होला............... म पनि त्यस्तै सोच्थे । तर तपाईले आफूलाई कुनै समयमा शान्त पारेर, विगतमा भएका असफलतालाई नियाल्नु भयो भने पक्कै पनि तपाईले आफ्नो प्रश्नको उत्तर पाउनुहुन्छ जस्तो लाग्छ है ।
कति कुराहरुको उत्तर भनेर बुझाउनु भन्दा पनि आफैले खोज्दा त्यसको उत्तर सहि तरिकाले पाईन्छ किनभने जिवनको लडाई आफैले नै लड्ने हो । जसले जिवनको उकालि ओरालीमा समय अनुसार हिड्न सिकाउछ । सपना देख्नु जिवनको उद्देश्यको विउ रोप्नु हो, जसले तपाईलाई सधै झस्काईरहेको हुन्छ, जुन हुनु जरुरी पनि छ । त्यसैले सपना देख्नुहोस्, त्यसको प्राप्तिको लागि हरदम प्रयास गर्नुहोस् । यदि प्राप्त भएन भने केहि कमजोरी के भएछ पत्ता लगाउनुहोस, फेरि पनि प्रयास गर्नुहोस् , हरदम प्रयास गर्नुहोस् । सपना त्यसले नै देख्छ जसले पुरा गर्ने क्षमता राखेको हुन्छ ।