गन्तव्य ३ ... यात्रा, धैर्यता र सामर्थ्यको लडाई.....
थाहा भयो जित्नु र खुशी हुनुको विचमा धेरै भिन्नता हुदोरहेछ । केहि कुरा सुन्दा र भोग्दा धेरै फरक हुनेरहेछ । आजको यात्रामा मनमा धेरै कुराहरु खेलिरहेको थियो । यात्रा अलि लामो नै थियो अन्दाजी ३० कि.मी. सायद त्यही भएर पनि होला ।
सुरुवात रमाईलोको साथ नै गरियो र रमाईलो यात्रा अन्त्य सम्म अनावरत रुपमा चलिरह्यो । आजको मौसम पनि राम्रो नै थियो । एउटा लागेको कुरा चाहि के हो भने, जे कुराको पनि प्रयास र बानि पर्यो भने त्यो कुरा सजिलो हुदै जादो रहेछ भनेर थाहा भयो । यो भन्दा अगाडीको यात्रामा मलाई अलि गार्हो भएको थियो तर आजकाल अलि बानि परेको हो कि जस्तो अनुभुत हुन थालेको छ ।

साच्चै हो रहेछ यात्राले धैर्यता भनेको के हो भनेर सिकाउदो रहेछ । आजको यात्राको सिकाई नै त्यहि भयो । सोचेको भन्दा लगभग १ घण्टा ढिलो गन्तव्यमा पुगियो । सुरुवात ६.२० मा गरेको र गन्तव्य लगभग १०.३० मा पुगेको । तर यात्राको रमाईलो नै जव गन्तव्यमा पुगिन्छ सव थकाई नै बिर्सिन्छ तर रमाईलो के भयो भने गन्तव्य खोज्ने क्रममा बाटोमा हराउदा र लोकल मानिसहरुको सहयोग पाउदा चाहि धेरै नै खुसी लाग्दो रहेछ ।

साच्चै नै पुग्नुपर्ने ठाउ हो भुण्डोल ग्राउण्ड जसको हरियालीले मनमा आनन्द आउनुका साथै समय बितेको थाहा नै हुन्न । अव भन्नुहोला सुरुमा उठाएको कुरा चाहि कहा पुग्यो भनेर...... साच्चै जित्नु र खुशि हुनु फरक कुराहरु हुन् । कहिलेकाही जित्दा पनि मन खुशि हुन्न, त्यस्तो जितको के अर्थ र तर कहिले काहि हार्दा पनि मन खुशि हुन्छ । मलाई लाग्छ जित्नु भन्दा पनि मन खुशी हुनु चाहि राम्रो कुरा हो ।

अन्तमा, आजकाल त मलाई के लागिरहेको छ भने विदेशमा गरिने भ्रमण भन्दा हाम्रो देशको हरेको कुना-कुनामा भएको सौन्दर्यको अवलोकन गर्नु उत्तम हो कि जस्तो लाग्न थालेको छ । अव फेरी समय मिल्ने वित्तिकै निक्लने हो म अर्को यात्रामा...................