गन्तव्य ४... यात्रा, नसोचिएको र नबनाएको योजना...

गन्तव्य ४... यात्रा, नसोचिएको र नबनाएको योजना...

धेरै पछि निक्लने समय पाए र पाउने बितिक्कै निक्लि पनि हाले । प्राय यो ठाउमा म गईरहेको हुन्छु । मलाई मन पनि पर्छ यो ठाउँ, एकान्त हरियाली र मन भुलाउनको लागि सबै भन्दा नजिकको गन्तव्य 'मार्वल डाडाँ'


गोदावरी नजिकैको यो ठाउँ मज्जाको छ, झन् मलाई यो ठाउमा मनसुनको समयमा जान मज्जा लाग्छ, हरियाली हेर्न । यसपालिको मौसम झन् मज्जा भयो माथि पुग्दा हल्का भिज्ने पानी परेको................... शितल अनि मन भिजाउने ...................

 

यसपालि मलाई एउटा कुरा धेरै मनपर्यो । सायद आफुले देखेको र सोचेको कुरा आफ्नै अगाडी अरुले गरेको देख्दा ईर्श्या त लाग्छ तर मिलाएर गरेको देख्दा रमाईलो पनि हुदोरहेछ । भन्नुको मतलब, यसपाली म मेरो प्यारो साईकलमा हैन, स्कुटीमा गएको थिए तर जव म माथी डाडामा पुगे, मेरो आखामा एक्कासी एउटा राम्रो साईकल देखा पर्यो झन् आफुले सोचेको जस्तो । झन् त्यो साईकल चलाउने केटाहरुको ग्रुपको ड्रेसअपले त मेरो मननै लोभायो । सबै मिलेको मलाई मन पर्यो । एकछिन त्यसैमा मन भुल्यो ।

 

कहिलेकाही नसोचेर बनाएको योजनाले पनि मिठो खुशि दिदोरहेछ भनेर थाहा भयो । मज्जा लाग्यो झन् फर्कने बेलामा गोदावरी भित्रको बगैचाको मनोरम दृश्यले अझ मज्जाको महशुस गरायो ।