तारे भिरको त्यो कथा...
नभुलिदिनु है मलाई
नबिर्सिदिनु है मलाई
म तिम्रै त हो नि
माया गरेको छु नि तिमीलाई
यो नाम तिम्रो ओठँमा
सधै सुन्न पाउ
यो शहरको भीडमा
कहिलेकाहि भेट्न पाउ
माथिका लाईनहरु अब आउन लागेको गीतका केही शब्दहरु हुन्, मन परेमा युट्युव च्यानल (https://www.youtube.com/@arjunshrestha71) subscribe गरिदिनुहोला ।
शुरुवाती अवस्थामा कहाँबाट सुरु गरौ र कसरी गरु भन्ने दोधारको अवस्थाबाट सुरु भएको आजको यात्रा अन्त्यमा थकित र रोमाञ्चित भएर अन्त्य भयो । सुरुमा, गन्तव्य अर्कै थियो तर केही अवस्थाले गर्दा परिवर्तन गर्ने सोच आयो र गरियो पनि । केही हदसम्म रमाइलो नै होला भन्ने आशको साथमा यात्रा सुरु गरिएको थियो किनभने यो स्थानको केही पश्चिम तर्फको स्थानमा पहिले नै यात्रा गरिसकेको थिए मैले ।
बुढानिलकण्ठको लाक्पा मार्गबाट करिब बिहान १०:०० बजे देखिको यात्रा सुरु गरेको यात्रा करिब ०४:०० बजे सम्म त्यहि आएर अन्त्य भयो । मनमा उत्साहका साथ केहि दुविधा पनि थियो किनभने सहि र छोटो बाटो नभेट्ला कि भनेर तर जव बाटोमा भेटेका कयौ व्यक्तिहरुलाई सोध्दै जाँदा र फर्किदै गरेका अन्य पैदल यात्रीहरुलाई भेट्दा चाहि सहि बाटोमा आएको आभाष भईरहेको थियो । अन्दाजी ०१:३० मिनेटको रमाइलो हिँडाई पछि तारे भिरमा पुगियो र खाजा खादै त्यही आएको बाटो नै फर्किने तयारी गर्दै गर्दा अनायासै नागी गुम्बा हुदै निकुञ्जको बाटो जाने सोच आयो र त्यो बाटोलाई पछ्याऔँ ।
बाटोमा भेटिएका व्यक्तिहरुसँग कुराकानी गर्ने, एक आपसमा हासो साटासाट गर्दाको अनुभव हुदा साच्चै नै यस्तो यात्रा सधै गरिरहन पाउ जस्तो लाग्छ तर त्यो शारिरीक कठिनाई र समयको अभावले गाह्रो नै हुन्छ जस्तो लाग्छ । बाटोमा हिड्न गाह्रो भईरहेको अवस्थामा त्यहाँका स्थानिय व्यक्तिहरुको हिँडाई, दिनचर्या र उनिहरुको वाध्यता भनु या दैनिकी देख्दा चाहि हामीहरु धेरै नै अल्छी छौ जस्तो लाग्छ मलाई ।
म प्राय पैदल यात्रा होस् या साइकलमा जाँदा बाटोको मानिसहरुसँग बोल्ने गर्दैनथे तर आजकाल प्राय धेरै मान्छेहरुसँग बोल्ने गर्छु जसले गर्दा मलाई एक किसिमको खुशीको महशुस हुन्छ । प्राय मलाई समय मिल्ने बितिक्कै म हिड्न निक्लिहाल्छु किनकी यो मेरो बानी जस्तै भएको छ र मेरो शरिरमा यसले नया उर्जा थप्ने काम गर्छ । हुन त गाह्रो नै हुन्छ तर जव दिनभरको यात्रा सकेर यसरी बेलुका लेख्न बस्दा र खिचिएका तस्विरहरु फेरि एकचोटी हेर्दा चाहि कसरी गएछु र आजको यात्रा पुरा गरेछु भनेर एकचोटी सोच्न चाहि वाध्य नै हुन्छ ।