नया अध्याय
जिन्दगीका पानामा नया अध्याय थपिने क्रम जारी नै छ । कहिलेकाही यसै सम्झिन्छु विगतलाई कति असल त कति खराब । तर वास्तवमा भन्नु नै पर्दा मलाई पुग्ने जति सबै कुरा म सँग छ र यसको लागि विशेष गरी धन्यबाद त्यो माथिको अद्भुत शक्तिलाई ।
धेरैजसो जिवनको यात्रामा सोचे जस्तो नहुदा किन भन्ने कुरा मनमा आउदो रहेछ । तर पछि बुझ्दै जादा थाहा हुने रहेछ त्यो सहि कारणले गर्दा पुरा नभएको हुदो रहेछ । तर, बुझ्नुपर्ने कुरा चाहि के रहेछ भने कुनै पनि काम असल सोचले गर्नुभएको छ भने त्यसको नतिजा सधै असल नै हुन्छ तर नतिजा असल भएन भने त्यो माथिको शक्तिले सहि समयमा र सहि तरिकाले पुरा गर्नुहुन्छ भन्ने विश्वाश हुनुपर्छ । सोच्दा र भन्दा यो गाह्रो कुरा हो तर समय बित्दै जादा यसको महशुस हुन्छ । साथै, अर्को महत्वपुर्ण कुरा भनेको चाहि कुनै काम या सोच तपाईको गलत हो भन्ने कुरा मनले थाहा हुदा हुदै गरेका कुराहरुको नतिजा भने कहिले सहि हुदैन ।
कहिलेकाही एक्लै बस्दा आफ्ना गल्तीहरुलाई सम्झीन्छु र मनमा नयाँ अठोट लिन्छु केही नयाँ तर गल्ती नदोहोर्याउने । रीस, ईर्ष्या, घमण्ड, स्वार्थ जस्ता कुराहरुबाट टाढा बसु जस्तो लाग्छ तर फेरी त्यसैको जालोमा नराम्ररी फस्न पुग्छु सायद संसारमा म जस्तै मान्छेहरु धेरै भएर पो हो की । सायद जन्म हुनुभन्दा अगाडी नै सबै राम्रा र नराम्रा कुराहरु यो जुनिमा समावेश हुने भएर पनि होला, बस् कुन् कुरालाई कतिखेर प्रयोग गर्ने भन्ने बुद्धी पनि हामिसँग भएको होला है । सायद ज्ञानी र बुद्धिमान त्यही व्यक्तिलाई भनेको होला जसले सहि विवेकलाई प्रयोग गरि आफ्नो रिस, ईर्ष्या लगायत अन्य कुराहरुलाई दबाउन सकेको होला ।
आज म अलि निराश छु, लेखिएका हरेक कुराहरुलाई आफै बारम्बार पढिरहेको छु, मनमा अनेकौ प्रश्नहरु छन् । एक मनले किन धेरै कुराहरु सोच्छस् तसँग उत्तर छ त भन्छ भने अर्को मनले यो सबै तेरै कारणले भएको हो भनेर भनिरहेको छ । यो विवेक भन्ने कुरा पनि कस्तो अचम्मको है, थोरै व्यक्तिसँगमात्र हुने । तर अर्को अचम्मको कुरा नराम्रा सोच र नराम्रो विचार भएका व्यक्तिहरु चाहि कति धेरै है यो संसारमा ।
मलाई अचम्म लाग्ने मेरो आफ्नै कुरा भनेको चाहि, मलाई मेरो नयाँ बन्ने र बनिरहेको सबै नया साथी भनौ या हितैषी भनौ, उनिहरुको स्वार्थपनको बारेमा थाहा भईसकेको हुन्छ । बस् म त्यो नाटकमा समाबेश भएको मात्र हुन्छु किन थाहा छ ? मलाई सबै थाहा भएर पनि थाहा नभएको जस्तो गर्न मज्जा लाग्छ । अर्को कुरा भनौ भने, यो जिवनको मेरो सिकाई भनेको नै अरुको स्वार्थको लागि म कसरी प्रयोग हुने र कहिले सम्म हुने भन्ने हो ।
आज मैले एउटा अचम्मको युवालाई भेटे उमेरमा म भन्दा तिन गुना कम, उसले मैले भनेको सबै कुरा कस्तो ध्यान दिएर सुन्यो तर मलाई त्यसमा पनि स्वार्थपनको गन्ध महशुस भयो सायद गल्ती मेरै हो किनभने उसले सहि सोचको साथ मेरो कुरा सुनेको होला तर मलाई मेरो हरेक विगतले त्यस्तो कुरामा सुन्दरता भन्दा पनि वितृष्णा देख्न थालेको छ। सायद गल्ती मेरै होला तरपनि मन बुझाउन र भोगीएका हरेक तिता यथार्थतालाई नकार्न पनि त सक्दिन नि ।
लाग्छ ति सबै स्वार्थी व्यक्तिहरुसँग बदला लिउ जसले म बाट केवल स्वार्थपनमात्र खोज्यो तर मेरो मनलाई साहस दिने त्यो अद्भभुत शक्तिले त्यसता कुरामा अल्झिनु भन्दा ती बाटोहरुलाई नै बन्द गर्नु असल हुन्छ भन्ने कुरा मलाई बारम्बार सिकाउनु हुन्छ ।
थोरै खुशी छु तर मन शान्तसँग राखेको छु,
धेरै खोज्दिन जति छ त्यसैमा सन्तुष्ट छु ।