Nepal Bhasa | नेवारी भाषा | नेपाल भाषा
नेपाल भाषा परिचय (नेवारी भाषा)
नेवाः भन्ने शब्दले नेपालको एउटा मूलबासी भाषिक समुदायलाई जनाउँदछ । नेवार समुदायको मूल थलो काठमाडौँ उपत्यका हो । काठमाडौ उपत्यकाबाहेक अन्य जिल्लाका प्रायः सहरी क्षेत्रमा यस जातिको बसोबास रहेको पाइन्छ ।
यसरी विभिन्न स्थानमा छरिएर रहेका नेवार समुदायले बोल्ने भाषा नै नेवारी भाषा होे । नेवाः भाषा भनेको नेवारी साहित्यको ऐतिहासिक, सामाजिक, सांस्कृतिक एवम् साहित्यिक उपनाम हो । भोटबर्मेली भाषापरिवारअन्तर्गत पर्ने यो भाषा किराँती भाषामा विभिन्न भाषाहरू मिसिएर विकसित भई मल्लकालदेखि साहित्यिक रूपमा फल्दै फुल्दै आएको छ ।
साधारणतया नेवार समुदायले बोल्ने यो भाषा अहिले अन्य समुदायको व्यक्तिहरूले पनि बोल्ने गरेको पाईन्छ । सभ्यताको विकास तथा संस्कृति संरक्षण गर्नुका साथै यसको भावि पुस्तामा पुस्तानतरण गर्नु आजको आवश्यकता रहेको छ ।
(नोट: भाषा सम्बन्धी जानकारी प्रदान गर्ने क्रममा भएका गल्ती तथा भाषिक कमी कमजोरीहरूलाई औँल्याईकन त्यसको शुद्धता तथा थप जानकारीहरू प्रदान गरिदिनु हुनका लागि अनुरोध गर्दछु । इमेल - arjunshrestha71@gmail.com)