Nepal Bhasa | नेवारी भाषा | नेपाल भाषा


Greetings, नेपाल भाषाको साधारण बोलीचाली


कुनै पनि भाषा बोल्ने क्रममा सबैभन्दा पहिले आफूलाई चिनाउने गरिन्छ जुन क्रममा प्रयोग गरिने साधारण वाक्यहरू तल प्रस्तुत गरेका छौ । कुनै पनि भाषालाई सिक्ने क्रममा सकेसम्म यसको प्रयोग गर्ने बानी गर्नुपर्छ भन्नाले कुनै पनि लाज नमानी आफ्नो साथीभाइ, परिवारसँग जति पनि सिकेका नयाँ शब्द वा वाक्यहरू प्रयोग गर्ने प्रयास गर्नुपर्छ । जति प्रयास गर्दै गयो त्यति नै चाँडो सिक्न सकिन्छ ।


नमस्कार मेरो नाम राम हो ।

ज्वजलपा, जिगु नां राम खः ।

नमस्कारको लागि "तारेमाम", "भगवान शरणम्" जस्ता शब्दहरु पनि प्रयोग गर्ने गरिन्छ जुन झन् धेरै प्रचलित छन् ।


तपाइको नाम के हो?

छिगु नां छु खः ?


मेरो घर नेपालमा हो ।

जिगु छें नेपालय् खः ।


तपाइको घर कहाँ हो ?

छिगु छें गन खः ?


तपाईलाई सञ्चै छ ?

म्हंफु ला ? / म्हंफु ?


के छ ?

छु दु ?


अन्तमा, केही शब्दहरुः

मेरो --- जिगु, तपाइको --- छिगु

म --- जि,

के --- छु,

हो --- खः

होइन --- मखू,

‍घर ---  छें